• २०८२ बैशाख १९ शुक्रबार
  • Friday, 2 May, 2025

च्याम्पियन्स लिग सेमिफाइनलमा आर्सनलविरुद्ध पिएसजीको अग्रता, डेम्बेलेको गोल

काठमाडौं । बार्सिलोनाका पूर्व खेलाडी फ्रान्सेली उसमान डेम्बेले आफ्नै देशको क्लब पिएसजीमा चम्किरहेका छन् ।

च्याम्पियन्स लिग जित्न भन्दै केलियन एम्बाप्पे रियल मड्रिड गए । तर उनको यात्रा टुंगिसकेको छ । एम्बाप्पे गएपछि आक्रमणको प्रमुख जिम्मेवारीमा पिएसजीमा अहिले डेम्बेले छन् र उनले आफ्नो क्षमता देखाइरहेका छन् । 

गएरातिको च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लेगमा पनि डेम्बेलेकै गोलमा पिएसजीले उसैको घरेलु मैदानमा अग्रता लियो । 

मंगलबार राति एमिरेन्टस स्टेडियममा भएको सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १–० को गोल अन्तरले हराउँदै पीएसजीले फाइनल खेल्ने सम्भावना बलियो बनाएको हो। 

सुरुवातको चौथो मिनेटमा नै ख्विचा कारत्स्खेलियाको पासमा डेम्बेलेले गोल गर्दै आर्सनललाई पछि पारेका थिए। 

खेलको सुरुवातमा पीएसजीले लगातार आक्रमण गर्दै आर्सनललाई दबाबमा राखेको थियो। यद्यपी आर्सनलका गोलरक्षक डेभिड रायाले उत्कृष्ट प्रर्दशन गरे। 

आर्सनलविरुद्ध पीएसजीले अग्रता बनाउने सुन्दर मौका पाएपनि सफल हुन सकेन। वैकल्पिक खेलाडी ब्राडली बार्कोलाको प्रहार बाहिरिदा पिएसीले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो। यस्तै गोन्कालो रामोसको प्रहार बारमा लाग्दै बाहिरिदा पीएसजीले आर्सनलविरुद्ध अग्रता बढाउन सके। 

पीएसजीले अब फाइनलमा पुग्न दोस्रो लेगमा आर्सनललाई गोलरहित बराबरीमा रोकेपपनि पर्याप्त हुनेछ। तर आर्सनलले भने दोस्रो लेगमा पिएसजीविरुद्ध २ गोलको अग्रता बनाउनु पर्नेछ। हारसँगै आर्सनल दबाबमा आएको छ। 

सेमिफाइनलको दोस्रो लेग आगामी बुधबार हुनेछ। याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आज बुधबार राति बार्सिलोना र इन्टर मिलान भिड्दैछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर