• २०८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025

अचानक पक्राउ परे रेशम चाैधरी, पार्टी एकता स्थगित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत–नागरिक उन्मुक्ति पार्टी एकता स्थगित भएको छ।

पार्टी एकता घोषणा सभामा पुगेका नाउपा संरक्षक चौधरी कार्यक्रम स्थलबाटै पक्राउ परेका थिए। त्यसपछि एकता घोषणा अनिश्चितकालका लागि स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए।

‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ।  यसको हामी घोर भत्र्सना गर्दछौं।  यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ–आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं,’ राउतले भनेका छन्।

कार्यक्रम स्थगित भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रह गरेका छन् । 

प्रतिनिधि सभामा ६ सांसद भएको जनमत र ४ सांसद भएको नाउपाबीच आज पार्टी एकता भएर नागरिक जनमत पार्टी बन्दै थियो। 

२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो। तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर