• २०८२ जेठ २२ बिहीबार
  • Thursday, 5 June, 2025

अनुसन्धानको सुइ गृहमन्त्रीसम्म पुगेमा पद छोड्नुपर्छ– महामन्त्री शर्मा

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेको प्रस्तावमा प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो विषय विगतदेखि हुँदै आएको पाइएकाले गहिरोसँग अनुसन्धान हुनुपर्ने बताए ।

उनले भने, ‘यसमा अनुसन्धान गर्दा कर्मचारी, मन्त्री, नेता, जो पनि हुन्छ । त्यसमा अनुसन्धान गरेर जानुपर्छ । अहिले गृहमन्त्रीको राजीनामाको विषयमा जोडिएर यो कुरा आइरहेको छ, यदि मन्त्रीमाथि पनि कुनै अनुसन्धान भइरहेको छ भने पदत्याग गर्नुपर्छ, तर यो अनुसन्धान अख्तियारले गरिरहेको छ, मन्त्रालयसँग आबद्ध कर्मचारीहरू छन्, अहिले कर्मचारीमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने उहाँले पद छाड्नु पर्छ ।’

महामन्त्री शर्माले अहिले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको टिप्पणी गरेका छन् । उनले अहिले गृहमन्त्रीमाथि कुनै उजुरी नै नपरेको दाबी गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने विपक्षी दलको अडानका कारण आज (मंगलबार) को प्रतिनिधिसभा वैठक बस्दै नबसी स्थगित भएको छ ।

सत्तारुढ दलले गृहमन्त्रीले संसदमा बोल्न पाउनु पर्ने अडान राखेका छन् । हिजो गृहमन्त्रीको राजीनामा बटमलाइन बनाएका विपक्षी दल एक पाइला पछि सर्दै गृहमन्त्रीलाई संसदमा बोल्न दिने तर, घटना छानविनका लागि तयार हुनुपर्ने शर्त अगाडि सारेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर