• २०८२ जेठ २३ शुक्रबार
  • Friday, 6 June, 2025

बाढीबाट बच्न २ स्थानमा मक ड्रीलः  १५ जिल्लामा सतर्कता अपनाउन चेतावनी 

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ४ स्थानमा बाढी पहिराे, डुवान लगायतका सम्भावित प्राकृतिक विपत्तीबाट बच्नका लागि कृत्रिम घटना अभ्यास (मक ड्रील) गरेकाे छ । 

विभागले आज बिहान बबइ चेपाङ बाढी मापन केन्द्र र कर्णाली चिसापानी बाढी मापन केन्द्रमा मक ड्रील गरेकाे जानकारी दिएकाे छ । यस्ताे अभ्यासले विपत् आइहालेमा कसरी बच्ने भन्ने सिकाउने विभागकाे अपेक्षा छ । 

बाढी पूर्वानुमान महाशाखाले हरेक दिनझैँ आज (जेठ २२, बिहीबार) पनि मुलुकका कुन-कुन स्थानमा बाढीको जोखिम छ भन्ने विषयमा जानकारी पनि दिएको छ। 

बाढी महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज खासगरी १५ जिल्लामा बाढीबाट सजग रहन आवश्यक छ। 

सूचनामा भनिएको छ: आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सप्तरी, सिराहा, धनुषा, धनकुटा, सर्लाही, बारा, पर्सा, चितवन, कपिलवस्तु र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (शनिबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको उल्लेख गरेको छ। 

सूचनामा अगाडि भनिएको छ: कन्काई, कमला, बागमती र पूर्वी राप्ती मा बहाब केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर