आरआरमा भागबण्डामा टुंगियो स्ववियु चयन

काठमाडौं । उच्च राजनीतिक प्रतिस्पर्धा हुने गरेको काठमाडौंको धेरै विद्यार्थी भएको मध्येको एक रत्न राज्यलक्ष्मी क्याम्पसमा सहमतिमा स्वावियु चयन भएको छ ।
आरआर क्याम्पसमा स्ववियु पदाधिकारी र सदस्यहरू सर्वसम्मतले चयन भएका हुन्।
बुधबार भएको सर्वपक्षीय सर्वदलीय बैठकले स्ववियु पदाधिकारी र सदस्यहरू सर्वसम्मतले चयन गरेको हो। सहमितमा अध्यक्षमा एमाले अखिलले लिएकाे छ भने उपाध्यक्ष अखिल क्रान्तिकारी र सचिव नेविसंघले पाएकाे छ ।
अध्यक्षमा स्ववियुका लोकेशकुमार खड्का चयन भएका छन्। उपाध्यक्षमा अखिल क्रान्तिकारीका सङ्गमकुमार लामा तामाङ, सचिवमा नेविसंघका शैलेन्द्र उपाध्याय, सहसचिवमा आरआर युथ फोर्सका सुरेश रोकाया र कोषाध्यक्षमा अनेरास्ववियुका अम्बिका अधिकारी चयन भएका हुन्।
सदस्यहरू पनि सर्वसम्मतले चयन भएको छ।
यस अघि चुनावकाे अन्तिम समयमा एमाले अखिलले तालाबन्दी गर्दा स्ववियु स्थगित हुन पुगेकाे थियाे ।
प्रतिकृया दिनुहोस