• २०८२ बैशाख १८ बिहीबार
  • Thursday, 1 May, 2025

असार १५ मित्र विद्यालय शिक्षा विधेयक पारित गर्नेः यी हुन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि कांग्रेसबाटै ऊर्जा राज्यमन्त्री रहेका पूर्णबहादुर (कान्छाराम) तामाङलाई वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए । प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा आफूलाई बर्खास्त गरिएको तामाङले बताएका थिए ।

सरकारले राष्ट्रपतिबाट १९ गते वाचन हुने सकारकाे नयाँ नीति तथा कार्यक्रम पनि पारित भएकाे छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरेको हाे । आज (बुधबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार, सरकारले वैशाख १९ गते शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ । यो कार्यक्रमले आगामी आर्थिक वर्षको विकास, सुशासन र सेवा प्रवाहका प्राथमिकता निर्धारण गर्नेछ ।

यसैबिच सत्तारुढ कांग्रेस-एमालेको संसदीय दल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्दता जनाएका छन् ।


२९ देखि आन्दोलनरत नेपाल शिक्षक महासंघसँगको वार्तामा समिति सभापति अम्मरबहादुर थापा, कांग्रेस सचेतक श्यामकुमार घिमिरे, एमाले सचेतक महेश बर्तौलाले चालु अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गराउन प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन् ।


विधेयक समिति अन्तर्गतको उपसमितिमा दफाबार छलफलको चरणमा रहेको छ । चैत ८ गते उपसमिति गठन भएको थियो । उपसमितिलाई वैशाख २३ गतेभित्र प्रतिवेदन पेस गर्न समितिले समयसिमा तोकेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर