भारतमा फेरि अर्को एक नेपाली छात्रा मृत भेटिइन

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) किट कलेजमा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्।
मृत्यु हुनेमा वीरगन्ज, पर्साकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनी छात्रावासको कोठामै मृत फेला परेको प्रहरीलाई उद्धृत गर्दै खबरहरुमा जनाइएको छ।
अहिले उनी झुण्डीएकाे अवस्थामा देखिएकाे भिडियाेहरू सामाजिक सञ्जालमा फैलिएका छन् ।
गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन्। उनी रुपन्देहीकी थिइन्।
प्रकृतिले आफूमाथि दुर्व्यवहार भइरहेको विषयमा कलेजमा धेरैपटक उजुरी दिँदा पनि सुनुवाइ नभएको पाइएको थियो। त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरवाही ठहर गरेको थियो।
लम्सालकाे मृत्यु पछि दुइदेशबीच ठूलाे चर्चाकाे विषय बनेकाे यस त्यस घटनाबारे कलेज प्रशासनले माफी माग्दै भारत छाेडेका नेपाली विद्यार्थीलाइ फिर्ता लगेकाे थियाे । तर अहिले पनि साे कलेजमा नेपाली विद्यार्थीकाे अवस्था उस्तै देखिएकाे छ ।
प्रतिकृया दिनुहोस