• २०८२ बैशाख २० शनिबार
  • Saturday, 3 May, 2025

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन, शिक्षक दरबन्दी पुनरावलोकन गर्ने

काठमाडाैं । सरकारले हरेक वर्षकाे फागुन महिनालाई नसर्ने राेग  स्क्रिनिङ महिना घाेषणा गर्ने बताएकाे छ।

राष्ट्रपति रामचन्द्र पाैडेलले  आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्ताे बताएका हुन्। उनले हरेक वर्षकाे फागुन महिनालाई नसर्ने राेग  स्क्रिनिङ महिना घाेषणा गरी कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। 

त्यस्तै,  सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिने पनि बताएका छन्। सरकारले  दुगर्म क्षेत्रमा विशेषज्ञ सेवा सञ्चालन गर्ने नीति लिएकाे छ। 

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने घोषणा गरेको छ। राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई नियमन गरिने बताए।

उनले सामाजिक सद्भावलाई प्रवर्द्धन गर्न सामाजिक सञ्जालको नियमन गर्नुपर्ने बताए। 'सामाजिक सद्भाव प्रवर्द्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गरिनेछ। नागरिकको सुरक्षाका लागि राज्यको सुरक्षा प्रणाली सुदृढ गरिनेछ,' उनले भने।   

शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ। राष्ट्रपति पौडेलले शिक्षक दरबन्दी पुनरावलोकन गरिने बताएका हुन्।

त्यस्तै उनले शिक्षक बैंक स्थापना पनि हुने बताए। विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने उनको भनाइ छ। 

'भौगोलिक क्षेत्रमा आवासीय विद्यालय खोलिने छ। शिक्षक दरबन्दीको पुनरावलोकन गरिने छ। विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गर्ने। शिक्षकको राष्ट्रिय मापदण्ड लागू गर्ने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर