• २०८२ जेठ २० मंगलबार
  • Tuesday, 3 June, 2025

सरकारको नीति कार्यक्रमः त्रुटिपूर्ण योजनाहरू खारेज गरिने (भिडियाे)

काठमाडौं । सरकारले त्रुटिपूर्ण योजनाहरू खारेज गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी सम्पन्न हुने सम्भावना नरहेका परियोजनाहरू स्थगन गर्नुपर्ने बताएका हुन्।

'विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाहरूको पुनः प्राथमिकीकरण गर्नुपर्छ,' नीति तथा कार्यक्रम वाचनका क्रममा उनले भने, 'परियोजनालाई वर्गीकरण गरी यस संसद्को अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गरिनुपर्छ।'

सबै उद्यममा व्यवसायिक योजना (बिजनेस प्लान) र त्यसको इकोसिस्टमलाई मिश्रित गर्दै जेन-जी पुस्तालाई विशेष प्राथमिकतामा राखेर युवा पुस्तामा स्टार्टअप कार्यक्रम लागु गरिने उल्लेख छ।

यो नीतिले युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गरी आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सरकारले अन्तरदेशीय प्रसारण लाइनमा निजी क्षेत्रको लगानी गर्ने भएको छ । हालसम्म विद्युत् उत्पादकले विद्युत्लाई राष्ट्रिय ग्रीडसम्म जोड्ने प्रयोजनको लागि मात्रै निजी क्षेत्रलाई प्रसारण लाइन बनाउन दिइँदै आएको छ । 

कार्यक्रमले यो वर्ष हाइड्रोजन ऊर्जाको उत्पादनको विषय समेत कार्यक्रममा परेको छ । यो वर्ष सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन गर्ने व्यवस्था गरिएको संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी दिए ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई ‘युरो ६’ मापदण्ड लागू गर्ने घोषणा गरेका छन् । 

‘वातावरण मूल्याङ्कन सहज बनाइनेछ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई युरो ६ मापदण्ड लागू गरिनेछ ,’उनले भने, ‘जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रमा पहुँच बढाइनेछ ।’

सरकारले भूमिसम्बन्धी विधेयक संसदको बर्खे अधिवेशनबाट पारित गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्तम बाचन गर्दै भने, ‘भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर