• २०८२ बैशाख २१ आइतबार
  • Sunday, 4 May, 2025

कांग्रेस दलकाे बैठकः के छन् एजेण्डाहरू ?

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा भएको बसेको हो ।

संसदीय दलका नेता शेरबहादुर देउवाले बोलाएको बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने जनाइएको छ ।

बैठक २ बजे सुरु भएको हो । आइतबारदेखि पुनः संघीय संसदको बैठकहरु सुरू हुँदैछ। आइतबार राष्ट्रिय सभा र सोमबारदेखि प्रतिनिधि सभा बैठक बस्दैछ।

संसदको यो अधिवेशनमा बजेटसँगै अन्य थुप्रै विधेयकहरू सरकारले पारित गर्ने तयारी गरेको छ ।

शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार ९ वटा विधेयकहरू सरकारले चालु अधिबेशनबाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालय शिक्षा विधेयक, निजामति कर्मचारी विधेयक लगायतका महत्वपूर्ण विधेयकहरु सरकारका प्राथमिकतामा छन् ।

त्यसको छलफल र बहसमा संसदमा प्रस्तुत हुने विषयमा सांसदहरूलाई एकताबद्ध गर्नका लागि संसदीय दल बैठक बसेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर