• २०८२ बैशाख २१ आइतबार
  • Sunday, 4 May, 2025

माओवादी पदाधिकारी बैठक बस्दैः के छन् एजेण्डा ?

काठमाडौं । प्रमुख प्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १ बजे उनको निवास खुमलटारमा बस्ने उपमहासचिव मात्रिका यादवले जानकारी दिए । 

‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने अभियानबारे छलफल गर्न बैठक बोलाइएको छ । यी बाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुन्छ’, उनले भने । बैठकमा सम्पन्न भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिका साथै हिमाली र पहाडी मार्ग केन्द्रित अभियान सञ्चालनबारे छलफल हुने यादवले बताए ।

पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार फागुन १२ गतेदेखि सुरु भएको तराई मधेस जागरण अभियान वैशाख १७ गते सम्पन्न भइसको छ । एक करोड जनतासँग प्रत्यक्ष तथा परोक्ष संवाद भएको दाबी गरेको माओवादीले अभियान पूर्णरुपमा सफल भएको जिकिर गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर