वार्सिलोनाको सहज जित, पुग्याे उपाधि नजिक

काठमाडौं । स्पेनिस ला लिगामा उपाधिको दौडमा रहेको बार्सिलोनाले गएरातिको खेलमा सहज जित निकालेका छ ।
रियल भालाडोलिड विरुद्धको सिजनको ३४औं खेलमा बार्साले २–१ गोलको सहज जित निकालेको हो । बार्साको जितमा खेलको ५४औं मिनेटमा राफिना र ६१औं मिनेटमा फेरान लोपेजले एक एक गोल गरे ।
खेलमा अग्रता भने भालाडोलिडले लिएको थियो । भालाडोलिडका लागि खेलको छैटौं मिनेटमा नै सान्चेजले गोल गरेका थिए ।
३४औं चरणको खेल सकिँदा बार्सिलोनाले उपाधि यात्रा निकट बनाएको छ ।
अंक तालिकामा ७९ अंकसहित बार्सा शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियल मड्रिडले एक खेल कम खेल्दै ७२ अंक बनाएको छ । तेस्रो स्थानको एथ्लेटिको मड्रिडको ६७ अंक छ ।
प्रतिकृया दिनुहोस