• २०८२ बैशाख २० शनिबार
  • Saturday, 3 May, 2025

आईपीएलः गुजरात तालिकाको दोस्रो स्थानमा उक्लियो

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो स्थानमा पुगेको छ । गुजरातले शुक्रबार अहमदाबादमा सनराइजर्स हैदराबादलाई ३८ रनले पराजित गरेको थियो । 

गुजरातले १० खेलमा १४ अंक जोडेको छ । पहिलो स्थानको मुम्बई इन्डियन्स ११ खेल र रोयल च्यालेन्जर्स बेंगलुरुको पनि १० खेलमा १४ अंक रहेको छ ।

साई सुदर्शनले २३ बलमा ९ चौकासहित ४८, शुवमन गिलले ३८ बलमा १० चौका र २ छक्कासहित ७६, जोस बटलरले ३७ बलमा ३ चौका र ४ छक्कासहित ६४ र वासिङटन सुन्दरले १६ बलमा २१ रन बनाएपछि पहिला ब्याटिङ गरेको गुजरातले ६ विकेट गुमाई २ सय २४ रन बनाएको थियो । हैदराबादका जयदेव उनकडले ३ विकेट लिएका थिए ।

ओपनर अभिषेक शर्माले ४१ बलमा ४ चौका र ६ छक्कासहित ७४ रन बनाए पनि हैदराबादले ६ विकेट गुमाई १ सय ८६ रनमात्र बनाउन सक्यो । गु

जरातका मोहमद सिराज र प्रसिद्ध कृष्णले २/२ विकेट लिएका थिए । पराजयपछि गत वर्षको उपविजेता हैदराबादको प्लेअफ पुग्ने सम्भावना लगभग सकिएको छ । हैदराबादको यो सातौं हार हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर