• २०८२ बैशाख २१ आइतबार
  • Sunday, 4 May, 2025

वर्षमानलाई लिएर प्रचण्ड पुगे ओली भेट्न, टिआरसी विधेयक कि सत्ता राजनीति ?

काठमाडौं । आफ्ना विश्वास पात्र उपमहासचिव वर्षमान पुनसहित प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी ओली भेट्न सिंहदरवार छिरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच विश्वास पत्रहरूसहितकाे छलफल सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दुई नेताबीच छलफल भइरहेको प्रचण्डकाे सचिवालयले जानकारी दिएकाे हाे।

छलफल शान्ति प्रक्रियासँग सम्बन्धित दुई आयोगका पदाधिकारी नियुक्तिमा केन्द्रित रहेको बताइएको छ।

प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्डले माओवादी उपमहासचिव वर्षमान पुनलाई लिएर गएका छन्। बैठकमा नेकपा (एमाले) का नेता अग्नि खरेल सहभागी छन्।

सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन गरेको छ। तर, प्रमुख तीन दलबीच आयोगका पदाधिकारीबारे सहमति जुट्न सकेको छैन।

यसअघि वैशाख १८ गते आयोगबारे सहमति जुटाउन तीन दलबीच बैठक बोलाइए पनि प्रचण्ड सहभागी भएनन्। सत्ता पक्षले दुवै आयोगमा रहनेहरूकाे टुंगाे लगाएर साक्षी किनारा मात्रै बनाउन खाेजेकाे भन्दै प्रचण्डले उक्त बैठक बहिष्कार गरेका थिए ।

प्रधानमन्त्री ओलीले सिंहदरबारमा बोलाएको बैठकमा  प्रचण्ड नगएपछि छलफलमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा मात्रै सीमित भएको थियो।

आफूलाई सरकारी निर्णयको साक्षी मात्रै बनाउने गरीएको भन्दै असन्तुष्टि जनाएर आजको छफलमा प्रचण्ड अनुपस्थित भएका थिए।

यस बैठकमा टिआरसी विधेयक बाहेक सत्ता राजनीतिबारे छलफल गर्ने सूची नरहेकाे तर शीर्ष नेताहरू भेट हुँदा सामान्य छलफल हुनसक्ने स्राेतकाे भनाइ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर