• २०८२ बैशाख २२ सोमबार
  • Monday, 5 May, 2025

वुद्धभुमि नगरपालिकामा नगर युवा परिषदको सपथग्रहण

कपिलवस्तु। राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र वस्नेतले संघ, प्रदेश र  स्थानीय सरकारहरु अधिकतम् युवा मैत्री हुनुपर्ने वताएका छन्। बस्नेतले युवामैत्री मात्र मात्र नभइ युवा सहभागिता सहितको  शासन हुनुपर्नेमा जोड दिएका छन्।

लुम्विनी प्रदेशको कपिलवस्तु जिल्ला अन्तर्गत वुद्धभुमि नगरपालिकाद्वारा आयोजित  नगर युवा परिषदका नवनियुक्त उपाध्यक्ष बावुराम घिमिरे सहितका सदस्यहरुको सपथग्रहण समारोहमा उपाध्यक्ष बस्नेतले भने -' युवाहरुलाई भविष्यका कर्णधार मात्र भनेर हुंदैन, वर्तमानका साझेदार वनाइनुपर्दछ।' 

बस्नेतले युवाहरुले घरआंगनमा सजिलै भेटने पहिलो सरकार नै स्थानीय सरकार भएकाले यसले युवालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने वताए।दिगो विकास लक्ष्य पुरा गर्न युवा सशक्तिकरणमा  जोड दिनुपर्ने जिकिर गर्दै बस्नेतले भने-' युवा उद्यशीलता , रोजगारी र सिप विकासमा तिनै तहका सरकारले प्राथमिकतापुर्वक ध्यान दिनुपर्दछ।'

वुद्धभुमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले युवामैत्री स्थानीय शासन अभिवृध्दिका लागि वुद्धभुमि नगरपालिकामा नगर युवा परिषद गठन गरिएको वताए। मेयर श्रेष्ठले युवामा छाएको निराशा अन्त्य गर्न र स्वदेशमै आशा जगाउन नगरपालिका निरन्तर क्रियाशील रहेको वताए।कार्यक्रममा लुम्विनी प्रदेश युवा परिषदका सदस्य सरोज खनाल, वडा नं.५ का अध्यक्ष रोमवहादुर थापा , किर्डार्कका कार्यक्रम निर्देशक गौतमराज अधिकारी लगायतले युवा सशक्तिकरणमा जोड दिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर