• २०८२ बैशाख २३ मंगलबार
  • Tuesday, 6 May, 2025

कांग्रेसकै नेता भन्छन्ः'दण्डहीनताको अन्त्य र सुशासन कायम गराउन सरकार चुक्यो'

काठमाडाैं । सत्तारुढ कांग्रेसका सांसद शेखर कोइरालाले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार निर्माणका क्रममा दुई दलबीच भएको सातबुँदे सम्झौताअनुसार अगाडि बढ्न नसकेको बताएका छन् । 

संघीय संसद् भवन परिसरमा सोमबार सांसद कोइरालाले सरकार गठनका बेला कांग्रेस र एमालेबीच भएको सातबुँदे सम्झौताको कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । संविधानको पुनरावलोकन, आर्थिक सुधार, भ्रष्टाचारलाई नियन्त्रण मुलुकमा सुशासन कायम गर्ने कुरामा सरकार चुकेको उनको भनाइ थियो ।

‘सात बुँदे सम्झौतामा यो सरकार बनेको हो । सात बुँदाहरूमा रहेका संविधानको पुनरावलोकन गर्ने कुरा, आर्थिक सुधार गर्न, भ्रष्टाचारलाई निर्मूल गर्न, दण्डहीनताको अन्त्य गर्न र सुशासन दिने कुरामा सरकार चुकेको छ,' उनले भने, 'संविधानमा पुनरावलोकन गर्ने कुरामा चाहिँ कांग्रेस र एमालेको दुई तिहाइ छ भनेर बनाउने होइन । संसदभित्र रहेका सबै दलहरुको प्रतिनिधित्व गरेर सरोकारवाला समावेश गरेर जानुपर्छ । संविधान पुनरावलोकन गर्ने कुरा समय लाग्ने कुरा हो । तर ९ महिना भइसक्यो सुरु गरेको भए हुन्थ्यो ।’

सरकारको बारेमा कांग्रेसभित्र कुनै समस्या नरहेको सांसद कोइरालाको भनाइ थियो । वर्तमान सरकारलाई असफल हुने छुट नभए पनि सँगै भएका दलहरूबीच पालिकास्तरसम्म संयन्त्र बनाउनु गलत रहेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर