• २०८२ जेठ ४ शनिबार
  • Saturday, 17 May, 2025

डेपुटी गभर्नरलाई सरकारले महिला भएकै कारणले गभर्नर बनाउन चाहेन

काठमाडाैं । सांसदहरूले समयमै गभर्नर नियुक्त गर्न नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद अमरेश कुमार सिंहले डेपुटी गभर्नरलाई महिला भएकै कारणले गभर्नर नबनाउने प्रयास भएको आशंका व्यक्त गरेका छन्।

सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि समिति गठन गरे पनि राजनीतिक भागबण्डाको समस्या र पदको भागबण्डा गलत भएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अमरेश कुमार सिंहले डेपुटी गभर्नरलाई नै गभर्नर बनाउन किन नसकेको भनेर प्रश्न गरे ।

महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि बरिष्ठताको आधारमा नेपाल राष्ट्रबैंककी निलम ढुंगाना हाल डेपुटी गभर्नरको जिम्मेवारीमा छिन् ।

सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा समिति गठन गरेको छ ।

यसै सन्दर्भमा सांसद सिंहले प्रश्न गरे, ‘डेपुटी गभर्नरलाई महिला भएकै कारणले गभर्नर नबनाउन खोजिएको हो ?’

गभर्नर जस्तो पदमा राजनीतिक दलको भागबण्डा हुनु गलत रहेको उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर