हुम्लाकाे तिलगाउँ जाेखिममा परेकाेप्रति प्रतिपक्षी दलका नेता प्रचण्डकाे ध्यानाकर्षण

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नकेपा माअेावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाका नाम्खा गाउँपालिका ६ स्थित तिलगाउँमा पहिराेकाे जाेखिममा परेकाे विषयमा सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
'हुम्लाको नाम्खा गाउँपालिका-६ को तिलगाउँ लेदोसहितको पहिरोको जोखिममा रहेको खबरले गम्भीर बनाएको छ। हिमताल फुटेर पहिरो आएकोले वस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले झन गम्भीर बनाएको छ। तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशित गर्दछु,' प्रचण्डले भनेका छन् ।
प्रचण्डले पार्टीका नेता कार्यकर्तालाइ पनि उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।
प्रचण्डले अघि भने, 'जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको बैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गर्न चाहन्छु।'
प्रतिकृया दिनुहोस