उपाधिका लागि १५९ रनको लक्ष पछ्याउँदै नेपाल

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई चुनौतिपूर्ण लक्ष्य दिएको छ।
टेर्डथाई क्रिकेट मैदानमा टस हारेको थाइल्याण्डले नेपाललाई १५९ रनको लक्ष्य दिएको हो। थाइल्याण्डलेले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५७ रन बनाएको हो। थाइल्याण्डका दुई खेलाडीले अर्धशतक बनाए। थाइल्याण्डका लागि नन्नापाट कोन्चारोनकाई र नताया बूचाथामले समान ५० रन बनाएका थिए।
त्यसैगरी अफिसरा सुवानचोनराथीले २९ रन बनाएकी थिइन्। नेपाली बलर राजमती ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिए।
नेपाल र थाइल्याण्ड दुवै आइसीसी विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा पुगिसकेका छन्। यस खेलको विजेताले एसिया छनौटको विजेताको तय गर्ने छ।
नेपालले थाइल्याण्डलाई अहिलेसम्म हराउन सकेको छैन।
प्रतिकृया दिनुहोस