• २०८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025

म्यानचेष्टर युनाईटेडलाई हराउँदै टोटनह्यामले जित्यो युरोपा कप

काठमाडौं । म्यानचेस्टर युनाइटेड लिगमा राम्राे अवस्थामा छैन । उसलाई  यसपाली अलिकति भराेसा युराेपा लिगकाे थियाे । तर त्यही पनि हत्याइदियाे टाेटनह्यमले र युनाइटेडलाइ थप निराश बनायाे । म्यानुलाइ हराउँदै टोटनह्यामले १७ वर्ष लामो उपाधिको प्रतीक्षा अन्त्य गरेको हाे।

बुधबार राति स्पेनको सान मामेस स्टेडियममा भएको युरोपा लिगको फाइनलमा युनाइटेडलाई १–० गोल अन्तरले जित्दै टोनटह्यामले उपाधि हात पारेको हो। 

टोटनह्यामले यो तेस्रोपटक युरोपा लिग उापधि जितेको हो। यसअघि टोटनह्यामले सन् १९७२ र १९८४ मा उपाधि जितेको थियो। 

टोटनह्यामलाई उपाधि दिलाउन ब्रेनन जोन्सनले निर्णायक गोल गरे। पहिलो हाफको ४२ औँ मिनेटमा ब्रेननले गरेको गोल नै निर्णायक बन्यो। 

युरोपा लिग च्याम्पियन बनेसँगै टोटनह्यामले अर्को सिजनको च्याम्पियन्स लिगमा समेत स्थान बनाएको छ। च्याम्पियन्स लिगमा छनोट भएपटि क्लबले १ सय मिलियन पाउण्डको आर्थिक लाभ समेत पाउनेछ। 

आलोचनाको सामना गर्दै आएका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले स्पर्स टोलीलाई दोस्रो सिजनमा उपाधि दिलाउने वाचा समेत पूरा गरेका छन्। 

यता युनाइटेडका प्रशिक्षक रुबेन आमोरिमले आइतबार एस्टन भिल्लाविरुद्ध सिजनको अन्तिम प्रिमियर लिग खेलमा टोली उतार्नेछन्। सन् १९७३–७४ बो रेलिगेसनपछिको सबैभन्दा खराब सिजनपछि उनको क्षमतामाथि पनि ठुलो प्रश्न उठेको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर