लुम्बिनी सकेर माओवादी अभियान गण्डकी प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान गण्डकी प्रदेश प्रवेश गरेको छ ।
बैतडीको पाटनबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सम्पन्न गरी गण्डकी प्रदेशको बाग्लुङमा प्रवेश गरेको हाे ।
अभियान टोलीलाई बाग्लुङको निसिखोला क्षेत्रमा बाजागाजासहित स्वागत गरिएको छ ।
सो अवसरमा लुम्बिनी प्रदेशका इन्चार्ज चन्द्रदेव खनाल नेतृत्वको टोलीले गण्डकी प्रदेशका इन्चार्ज दिनानाथ शर्माको नेतृत्वमा रहेको टोलीलाई औपचारिक रूपमा झन्डा हस्तान्तरण गरेको थियो।
प्रतिकृया दिनुहोस