• २०८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025

आइपीएलः लखनउले गुजरातलाई हरायाे

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) मा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ।

जितको लागि २ सय ३६ रनको चुनौती पछाएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रनमा समेटियो। ओपनर साइ सुदर्शन २१ रनमा, कप्तान शुभमन गील ३५ रनमा जोश बटलर ३३ रनमा आउट भए। ३ विकेट गुमाउँदा गुजरातले ९६ रन बनाएको थियो।

विशाल लक्ष्य पछाएको गुजरातलाई ठूलो साझेदारी जरुरी थियो। शेफने रूदरफोर्ड र साहरुख खानले चौथो विकेटको लागि ८६ रनको साझेदारी गरे।​ रूदरफोर्ड ३८ रनमा र साहरुख २९ बलमा ५७ रन जोडेर आउट भए। त्यसपछि अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।

बलिङमा विल ओले ३ विकेट लिए। यस्तै आभेस खान र आयुष बदोनी ले २–२ विकेट लिए।

त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङ गरेको  लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३५ रन बनायो। लखनउले सुरुवात राम्रो गर्यो। एडन मारक्रम र मिचेल मार्षले पहिलो विकेटलागि ९१ रनको साझेदारी गरे।​

मारक्रम २४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३६ रनमा आउट भए। गुजरातले ९।५ ओभरमा पहिलो विकेट लियो। साइ किशोरले मारक्रमलाई आउट गरे।

यसपछि मिचेललाई निकोलस पुरनले साथ दिए। दोस्रो विकेटका २ सय २१ रनको सानदार साझेदारी गरे।

मिचेलले ५६ बलमा १० चौका र ६ छक्का सहित शतक पुरा गरे। उनी ६४ बलमा १ सय १७ रनको उत्कृष्ट पारी खेल्दै अर्शद खानको बलमा आउट भए। ​

पुरनले २७ बल खेल्दै अविजित ५६ रन जोडे। कप्तान ऋशभ पन्त अविजित १६ रन क्रिजमा रहे। बलिङमा फितलो बनेको गुजरातको लागि साइ किशोर र अर्शद खानले १-१ विकेट लिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर