• २०८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025

गृहमन्त्रीमाथि नै प्रश्न उठेकाे भिजिट भिसा प्रकरणमाथि गृह मन्त्रालयले थाल्यो अनुसन्धान

काठमाडौँ । गृहमन्त्री रमेश लेखककाे सचिवालयका सदस्य नै मुछिएकाे भिजिट भिसाकाे विषयमा गृहमन्त्रालयले छानविन सुरू गरेकाे छ ।

नेपाल प्रहरीका पूर्वडीएसपी गोविन्द पन्थीले भिजिट भिसा प्रकरणमा अनुसन्धान प्रभावित पारिएको भनेपछि गृह मन्त्रालयले आन्तरिक छानबिन थालेको छ । पूर्वडीएसपी गोविन्द पन्थीले उठाएको विषयमा मन्त्रालयले आन्तरिक छानबिन थालेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत  पन्थीले भिजिट भिसामा हुने भ्रष्टाचारको अनुसन्धान गर्दा आफ्नो सरुवा भएको उल्लेख गरेका थिए।  तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीका तत्कालीन आइजी बसन्त कुँवरको जोडबलमा आफ्नो सुरुवा हुँदा अनुसन्धान प्रभावित भएको पन्थीको आरोप छ । भिजिट भिसा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको सचिवालय टीम पनि अनुसन्धानको दायराम आउने बताएका छन्।

अध्यागमनमा हुने अनियमिततामाथि अधिकार सम्पन्न न्यायिक आयोग गठन गरी अनुसन्धान गर्दा एकाधबाहेक सबै गृह मन्त्री, श्रम मन्त्री र प्रधानमन्त्रीको सचिवालयको टोलीसमेत कानुनी कठघरामा उभिनु पर्ने स्थिति आउने उनको दाबी छ ।

पन्थीका अनुसार २०८० को असोज १९ गते १ हजार ६ सय ४१ वटा राहदानीसहितको शङ्कास्पद कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएको थियो । त्यसको प्रारम्भिक अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले थालेको थियो । तर पछि त्यसलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

प्रारम्भमा कागजातहरू ३ नं पिलरमा गएकाले अनुसन्धानमा प्रगति नहुँदा एसएसपी सोमेन्द्र सिंह राठौरको निर्देशनमा पन्थीको टोलीलाई त्यसको अनुसन्धान गर्ने जिम्मा लगाइएको थियो । अनुसन्धान भइरहेकै बेला आफ्नोको सरुवाका गरेर अनुसन्धान रोक्ने काम भएको उहाँको भनाइ छ ।

पन्थीले भिजिट भिसाको १७ बुँदे मापदण्डलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा नै ६ बुँदे बनाइएको परिणाम नेपाल सरकारले जोखिमयुक्त भनेका देशमा समेत नेपाली कामदार पुगेर अलपत्र परेको दावी गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर