• २०८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025

विद्या भण्डारीले चीनमा पाईन् सरकार प्रमुखसरह स्वागत

काठमाडौं । एक साता लामो भ्रमणमा गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन ग्वान्जाओ पुगेकी छन्। नेपाल सरकार र नेकपा एमालेको संयुक्त टोलीको नेतृत्व गरेर चीन पुगेकी उनलाई विदेशी सरकारप्रमुख सरह सम्मान दिइएको छ। 

पूर्वराष्ट्रपति भण्डारीलाई ग्वान्जाओमा चीनका सरकारी अधिकारी र कम्युनिस्ट पार्टीका नेताहरूले स्वागत गरे। पूर्वराष्ट्रपति नेतृत्वको टोलीलाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ। चीन सरकारले उनलाई विदेशी सरकारप्रमुख सरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको नेताहरूले बताएका छन्।  

भ्रमण दलमा नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, कर्णबहादुर थापासहितका नेताहरू छन्। 

भण्डारी बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिको रुपमा सहभागी हुनेछिन्। चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधिबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन्। सोमबार बिहान हुने उक्त कार्यक्रममा उनले मन्तव्य पनि राख्नेछिन्।

भण्डारीले मंगलबार चाइना काउन्सिल फर दि प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) का नेतासँग भेट्नेछिन्।

राष्ट्रपति सी जिनपिङसहित चिनियाँ नेताहरूसँग व्यक्तिगतरूपमा पनि राम्रो सम्बन्ध भएकी पूर्वराष्ट्रपति भण्डारीको भ्रमणदललाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर