युवा संघमा उम्मेदवारी दर्ताः थेवेलाई ओली, पुरीलाई भण्डारीको साथ !

काठमाडौं । युवा संघ नेपालको पोखरामा जारी १० औं महाधिवेशनमा अध्यक्षका दाबेदार सुमन पुरीले शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार साँझ पुरीले मनोनयन दर्ता गराएका हुन् । पुरीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित विराटनगरका नेता विनाेद ढकाल, पूर्व अध्यक्षहरू महेश बस्नेत, निवर्तमान उपाध्यक्ष अमित लामासहितले साथ दिएका छन् ।
यसअघि नै क्षितिज थेवेले मनोनयन दर्ता गराइसकेका छन् । थेवेलाइ अध्यक्ष तथा प्रधानमन्त्री केपी अेालीसहितका नेताहरुकाे साथ रहेकाे छ ।
सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया विफल भएपछि निर्वाचन हुने भएको छ । निर्वाचन सोमबार हुनेछ ।
अध्यक्ष अेालीले थेवेकाे पक्षमा सर्वसम्म गर्न र चुनावमा नजान निर्देशन दिएका थिए । तर उनकाे निर्देशन बन्दसत्र हलले पालना गरेन ।
नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुने भएसँगै अध्यक्षका उम्मेदवार थेबे र पुरी नेतृत्वमा प्यानल बनेको छ।
युवा संघको पदाधिकारी, केन्द्रीय समिति, निर्वाचन आयोग, लेखा आयोग, युवा विज्ञ आयोग र अनुशासन आयोगमा पनि उम्मेदवारी दर्ता भएको छ। युवा संघको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ।
अध्यक्षमा हालसम्म थेबे र पुरी गरी दुईजनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् भने अरू पदका लागि पनि मनोनयन दर्ता जारी रहेको संघका इन्चार्ज राजीव पहारीले बताए।
मनोनयन दर्तापछि उम्मेदवारी फिर्ता लिन, दाबी विरोध गर्न र अन्तिम नामावली प्रकाशन गर्न समय लाग्ने उनको भनाइ छ।
पहारीका अनुसार इलेक्ट्रिक भोटिङ मेसिनमार्फत् निर्वाचन हुने भएकाले मेसिनमा उम्मेदवारको नाम इन्ट्री गर्न समय लाग्ने भन्दै आज मतदानको सम्भावना न्यून छ।
अध्यक्षका दाबेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं महाधिवेसनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्ष पदमा दाबी गरिरहेका छन्।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पोखरामा संघको महाधिवेसन उद्घाटन गरेका थिए। उनले सर्वसम्मत नेतृत्व चयन गर्न र बाह्य घुसपैठ रोक्न निर्देशन दिएका थिए। ओलीको निर्देशन विपरित संघमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो।
युवा संघको महाधिवेसनमा देशका सबै पालिका, जिल्ला, प्रदेश र केन्द्रीय समिति गरी १ हजार ९३९ जना प्रतिनिधी सहभागी छन्।
प्रतिकृया दिनुहोस