१६ सय रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ।

मंगलबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार दुई हजार पाँच रूपैयाँमा किनबेच भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर