लयमा फर्कियो मायामी, मेसी र स्वारेजले ४ गोल हाने

काठमाडौं । अमेरिकन मेजर लिग सकरमा पछिल्लो चरणमा लय गुमाएको इन्टर मायामी आजको खेलमा पुरानै फर्ममा फर्किएको छ ।
मायामीका कप्तान तथा सुपरस्टार लियोनल मेसी र उरुग्वेअन सुपरस्टार लुइस स्वारेजले समान २–२ गोल गरेपछि लिगमा मोन्टारेयल विरुद्ध मायामीले ४–२ गोलको सहज जित निकाल्यो ।
खेलको २७ मिनेटमा लियोनल मेसीले गोल गरेर मायामीलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा स्वारेजले अग्रता दोब्बर पारे ।
७१औं मिनेटमा अर्को गोल थप्दै मायामीलाई जितको बाटोमा अघि बढाएका थिए । तर ७३औं मिनेट र ९२औं मिनेटमा गोल गर्दै मोन्टारियलले सान्त्वना बटुल्यो ।
खेलको ८८औं मिनेटमा मेसीले गोल गरेपछि खेल मायामीको नियन्त्रणमा आइसकेको थियो ।
सरकर लिगको अंक तालिकामा मायामी १५ खेलबाट २६ अंकसहित छैटौं स्थानमा छ । मोन्टारियल १५औं स्थानमा छ ।
एक खेल बढी खेलेका फिलाडेल्फिया, सिन्सनेटी र नास्भिले तालिकाको क्रमशः पहिलो दोस्रो र तेस्रो स्थानमा छन् ।
प्रतिकृया दिनुहोस