• २०८२ जेठ १९ सोमबार
  • Monday, 2 June, 2025

अन्तत: अर्जेन्टिना फर्किए डी मारिया

एजेन्सी । अर्जेन्टिनाका सदावाहार स्टार वि‌गर खेलाडी एन्जल डी मारिया आफ्नो देशको क्लब फर्किएका छन् । 

पोर्चुगलको क्लब बेनफिका छाडेर विश्वकप विजेता खेलाडी आफ्नै देशको बाल्यकालको क्लब ‘क्लब एट्लेटिको रोसारियो सेन्ट्रल’मा अनुबन्ध भएका हुन् । 

यो क्लब अर्जेन्टिनाको शीर्ष लिगको घरेलु लिग खेल्ने टिम हो । अब डी मारियाले बाँकी समय यही क्लबमा खेल्ने भएका छन् । उनी करियरको अन्त्यमा छन् । यो सिजनको अन्त्यसँगै डी मारियाले बेनफिका छाड्ने घोषणा गरेका थिए ।

३७ वर्षका विंगर डी मारियाले फ्री एजेन्ट बनेर घरेलु क्लबमा अनुबन्ध भएका हुन् । रोसारियो सेन्ट्रल डी मारियाले बाल्यकालमा फुटबल सिकेको क्लब हो । 

सो क्लबका उनले सिजन २००५–०६ र २००६–०७ गरी दुई सिजन खलेका थिए । त्यसपछि उनले सन् २००७ सालमा पोर्चुगलको क्लब बेनफिकामा अनुबन्ध भएका थिए । 

बाल्यकालको क्लब छाडेको १९ वर्षपछि डी मारिया पुरानो क्लबमा पुगेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर