हिमानी ट्रस्टको कभरमा सक्रिय हुन खोज्दै पूर्वराजा ज्ञानेन्द्र, दीप प्रज्वलन गर्न निस्कने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नै बुहारी हिमानीले संचालन गरेको हिमानी ट्रस्ट मार्फत सक्रिय हुने तयारीमा लागेका छन् ।
राजावादीहरुले सडक आन्दोलन बढाउँदै लगिरहेका बेला ज्ञानेन्द्र शाह पनि सार्वजनिक हुने माध्यमको रुपमा हिमानी ट्रस्ट बनाउँदैछन् ।
हिमानी ट्रस्टले दरबार हत्याकाण्डमा निधन भएका राजपरिवारका सदस्यहरुको सम्झनामा भोलि दीप प्रज्वलन गर्ने कार्यक्रममा गरेको छ । नारायणहिटी दरवारभित्रको मन्दिरमा गर्ने भनिएको दीप प्रज्ववल कमलादी गणेश मन्दिरमा सारिएको छ ।
राजावादी आन्दोलनका कारण सरकारले नारायणहिटी क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।
दीप प्रज्ववलन कार्यक्रममा काठमाडौंमा उपलब्ध राजपरिवारका सबै सदस्यहरु उपस्थित हुने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल झापामा छन् । उनीहरु दीप प्रज्ववलनमा अनुपस्थित रहनेछन् ।
काठमाडौंमै रहेका पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीले दीप प्रज्वलनमा भाग लिने छन् । उनीहरु विरलै एकसाथ देखिने गर्छन् ।
पारस–हिमानी पुत्र पूर्वनवयुवराज हृदयन्द्र पनि दीप प्रज्वलनमा सरिक हुने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस