• २०८२ जेठ २० मंगलबार
  • Tuesday, 3 June, 2025

झ्यानाकुटी पारेर प्रहरीले समात्यो पूर्वगृहमन्त्री कमल थापा

काठमाडौं । पूर्व गृहमन्त्रीमेत रहेका राजावादी नेता कमल थापालाई नेपाल प्रहरीले झ्यानाकुटी पर्दै गिरफ्तार गरेको छ । 

नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले गरेको यो आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत दल तथा समूहले निषेधित क्षेत्र ताेड्न खाेजेपछि धरपकड भएकाे छ ।

आइतबार काठमाडौंको नारायणचौरमा राजावादीहरूले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनबाट प्रहरीले राप्रपा नेपालका अध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री कमल थापालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले थापासहित ६ जनालाई लछारपछार गर्दै नियन्त्रणमा लिएर भ्यानमा राखेर जिल्ला प्रहरी परिसर भद्रकाली लगेको थियो। प्रहरी भ्यानमा पुगेपछि थापाले 'भ्रष्ट सरकार मुर्दावाद, प्रहरी दमन मुर्दावाद' भनेका थिए।

निषेधित क्षेत्र तोड्न खोजेको र भिड भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको जनाएको छ। थापाले के अभिव्यक्ति दिएका थिए खुलिसकेको छैन। तर प्रहरीले भने बालुवाटार घेर्न जाऔं भन्ने अभिव्यक्ति थापाले दिएको बताएको छ।

शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिम्सिनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशभरबाट आन्दोलनमा बोलाउने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर