• २०८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025

नेदरल्याण्डसविरुद्ध नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । पहिलो खेलमा स्केटल्याण्डलाई रोमान्चक पराजय भोगाएपछि नेपालको मनोबल उच्च बनेको छ । त्यही उच्च मनोबलका साथ वरियतामा बलियो नेदरल्याण्डस विरुद्ध आज भिड्दैछ । नेपाल नेदरल्याण्डस विरुद्ध आज पहिले बलिङ गर्ने निम्तो पाएको छ । 

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा बुधबार नेपालले दोस्रो खेल खेल्दैछ। 

खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। स्कटल्यान्डविरूद्ध टोलीमा रहेका तीव्र गतिका बलर रिजन ढकालको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई स्थान दिइएको छ। 

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।

यसअघि नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो। 

एकदिवसीय खेलमा नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म पाँच खेल भएका छन्। जसमा नेदरल्यान्ड्सले तीन खेल जितेको छ भने दुई खेलमा नेपाल विजयी भएको छ। 

एकदिवसीय खेलमा नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म पाँच खेल भएका छन्। जसमा नेदरल्यान्ड्सले तीन खेल जितेको छ भने दुई खेलमा नेपाल विजयी भएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर