• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

क्रान्तिकारीमा कार्यविभाजन, प्रवक्तामा ढकाल

काठमाडौं।प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र निकट अखिल ( क्रान्तिकारी ) को प्रवक्तामा उपाध्यक्ष मदन ढकाल तोकिएका छन्।

क्रान्तिकारीको प्रथम वैठकले दिएको म्याण्डेट अनुसार जेष्ठ २३ गतेको कार्यालय वैठकले ढकाललाई प्रचार विभाग प्रमुखको जिम्मेवारी सहित प्रवक्ता तोकेको हो।

क्रान्तिकारीको शंकरदेव क्याम्पसको अध्यक्ष, काठमाडौं क्याम्पस जिल्ला अध्यक्ष हुंदै केन्द्रीय सदस्य भएका ढकाल ३२ वर्षे उमेरहदपछि सम्पन्न २३औ राष्ट्रिय सम्मेलनवाट खुल्ला तर्फको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए।

शुक्रवारको वैठकवाट क्रान्तिकारिले विभिन्न विभागका प्रमुख सहित सातै प्रदेशका कमाण्ड इन्जार्ज, इन्चार्ज र जिल्ला इन्चार्ज समेत तोकेको छ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर