अमेरिकामा एकै परिवारका ४ नेपालीमाथि गाेली प्रहार

काठमाडाैं । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन्।
मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेका हुन्।
स्थानीय समयअनुसार बिहीबार राति १०:४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए।
त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।
मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन्।
प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको देखिएको छ। घटनास्थलमा हतियार पनि फेला परेको प्रहरीले जनाएको छ। तर कसले गाेली हानेकाे हाे भन्ने खुलेकाे छैन । अनुसन्धान चलिरहेकाे प्रहरीकाे भनाइ छ ।
प्रतिकृया दिनुहोस