सरकारले शहरी विकास मन्त्रालयबाट मात्रै ३२ अर्ब जति चलखेल गरेकाे छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले ३ कराेडभन्दा साना याेजना संघीय सरकारले नराख्ने भनेर ढाँटेकाे बताएका छन् ।
पहिला साना याेजना प्रदेश र स्थानीय तहमा पठाउने भनेकाे सरकारले संघकाे बजेटमा २ लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको उनले बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेकाे उपमहासचिव पुनले शहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाइएको बताएका हुन्।
'यस पटक १ खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरु रहेछन् । अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो । यि दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन,' उनले भने।
उनले यसपटक शहरी विकासको बजेटमा मनपर्दी गरिएको पनि बताए।
'एउटै शहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबैखाले आफूखशी राखेको देखिन्छ,’ उनले भने।
प्रतिकृया दिनुहोस