• २०८२ जेठ २६ सोमबार
  • Monday, 9 June, 2025

मोहन वैद्यको क्रिटिकल कियरमा उपचार हुँदै

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता मोहन वैद्यको स्वास्थ्यमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

अस्पतालले दिएको जानकारी अनुसार वैद्यको पल्मोनोलोजी तथा क्रिटिकल कियर विभागमा उपचार भइरहेको छ । 

अस्पतालले हिजो एक विज्ञप्ती जारी गर्दै वैद्यको गत १५ गतेयता दम तथा छातीको उपचार भइरहेको छ । 

माओवादी नेता नारायण शर्माले पनि वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘उहाँलाई हिजो मात्रै सुरेश वाग्ले क्यान्सर सेन्टरको पाँचौं तला स्थित  ICU C 9 मा सारिएकोले शोधखोज गर्दै बल्लतल्ल पुगेको भेट्न त के हेर्न र देखिन समेत पाइएन । जे होस्, कुरुवा बसेका माहिली छोरी र एकजना साथीलाई बाहिर भेटी स्वास्थ्यस्थितिबारे जानकारी भने लिइयो । उहाँको स्वास्थ्य अलि राम्रो भएको थाहा पाउँदा खुसी लाग्यो । तत्पश्चात् केहीबेर सुखदुखका कुरा गरी उहाँ पूर्ण र स्थायीरुपमा शीघ्रातिशीघ्र स्वस्थ, सबल, सकृय र शतकायु सहितको सफल जीवनको कामना गर्दै फर्किइयो । अनलाइन हुँदानहुँदै भर्खरै अस्पतालले उहाँको बारेमा यस्तो वक्तव्य निकालेकोले केही राहत महसुस भयो । म फेरि  एकचोटी उहाँको शीघ्रातिशीघ्र पूर्ण र स्थायी स्वास्थ्यलाभको कामना गर्दछु ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर