• २०८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025

एकै छिन चलेर रोकियो संसद

काठमाडौं ।प्रतिनिधिसभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ । सुुरु हुनासाथ विपक्षी दलहरूको अवरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्। 

उनले गत जेठ १३ गतेदेखि अध्यागमनको विषयमा संसदमा निरन्तर आवाज उठिरहेको र त्यस विषयमा सहमतिको प्रयास पनि भइरहेको बताए । उनले सहमति टुंगोमा पुर्‍याउनका निम्ति आधा घण्टाका लागि बैठक स्थगित गरेको बताए ।

‘अध्यागमनको विषयमा भइरहेको छलफल टुंगोमा नपुगे पनि सहमतिको प्रयत्न भइरहेको र संसदको कार्यसूचीलाई लैजानुपर्ने गम्भीर्यतालाई हेरेर आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी गराउन चाहन्छु,’ उनले भने। रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ भने माओवादी केन्द्रले मध्यमार्गी प्रस्तावको बाटोमा जानुपर्ने बताएको छ। 

आजै कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए। तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो।

प्रतिनिधिसभा बैठकमा जेठ १३ गतेदेखि जारी गतिरोध अन्त्यका लागि कांग्रेससँग रास्वपाले कम्तीमा पनि भिजिट भिसा सेटिङको छानबिन गर्न संसदीय समिति बनाउन पर्ने माग राखेको थियो ।

त्यो माग कांग्रेसले अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन भएको परियारले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर