• २०८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025

मुस्ताङमा प्रचण्डले गरे पार्टी कार्यालय शिलान्यास

मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका-४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीको कार्यालय भवनको शिलान्यास गरेका छन् ।

बौद्ध परम्पराअनुसार उनले बिहीबार पार्टी कार्यालयको भवन शिलान्यास गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका  ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माणका लागि वारागुङ मुक्तिक्षेत्र-२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका छन् ।

शिलान्यासका क्रममा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर