• २०८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025

कमजाेर खेलेर नेपाल फर्कियो फुटबल टोली

काठमाडौं । एएफसी एसियन कप छनोटमा कमजाेर प्रदर्शन गरेर नेपाली टिम स्वदेश फर्किएको छ । लाओससँग प्रतिस्पर्धा गरेको नेपाली टिम गएराति काठमाडौं आइपुगेको हो ।

जारी छनोटमा अंकको खाता खोल्ने लक्ष्यसहित गएको नेपाल असफल भयो । लाओससँग नेपाल दुई-एक गोलले पराजित भएको थियो । 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले लाओससँग पहिलो पटक हार बेहोरेको हो । मनिष डाँगीले पेनाल्टीमा गोल गर्दै आशा जगाए पनि नेपाल हार बेहोर्न बाध्य भयो । छनोट चरणमा नेपाल अझै जीतविहीन छ । 

पहिलो खेलमा किरण चेम्जोङको टिम मलेसियासँग दुइ शुन्य गोलले पराजित भएको थियो । 

लाओससँग प्रतिस्पर्धा गर्नुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । बलियो हङकङलाई गोलरहित बराबरीमा रोकेपछि लाओससँग अंक लिने अनुमान गरिएको थियो । तर अनुमान गरिएजस्ताे परिणाम निकाल्न नेपाली टिम सफल भएन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर