• २०८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025

दुरा बने संसद् सचिवालयको सचिव 

काठमाडौँ । संघीय संसद् सचिवालयको रिक्त सचिवालय सचिव पदमा सुरजकुमार दुराको बढुवा भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनलाई बढुवा गर्न सिफारिस गरेको थियो । सचिवालय सचिव सुदर्शन खड्काले राजीनामा दिएसँगै संसद् सचिवालयमा एक सचिवालय सचिव पद रिक्त थियो ।

कैलालीको धनगढी उपमहानगरपालिका-१ शान्तिनगरमा २०२७ माघ ७ गते बुवा गणेशबहादुर र आमा यमुनादेवीको कोखबाट जन्मिएका दुरा ०४६ फागुन १९ गते निजामती सेवामा प्रवेश गरेका थिए । २०५२ सालदेखि उनले अविच्छिन्न संघीय संसद् सचिवालयमा सेवा गरेका छन् ।

राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका दुराले संसद् सचिवालयमा प्रशासन महाशाखा, संसदीय समितिको सचिवलगायतका महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका छन् । उनी हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिव छन् । उनी तत्कालिन सभामुख अेानसरी घर्तीकाे प्रमुख नीजित सचिव थिए ।

दुराले शनिबार नै सिंहदरवारस्थित कार्यालयमा पदबहाली गरेका छन् ।

नवनियुक्त सचिव दुरालाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका पदाधिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर