• २०८२ असार २ सोमबार
  • Monday, 16 June, 2025

अघिल्लो दिन रविको नाममा एक लाखको सेयर, भोलिपल्ट १ करोड ५० लाख ऋण

काठमाडाैं । रास्वपाका सभापति रवि लामिछानेको स्वामित्वमा पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भने १ लाख रूपैयाँबराबरको सेयर रहेको पाइएको छ।

पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध आइतबार पर्सा जिल्ला अदालतमा सरकारी वकिलले दायर गरेको अभियोगपत्रमा उनका नाममा एक लाख रुपैयाँको सेयर रहेको खुलाइएको छ। प्रहरीको अनुसन्धानपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालय पर्साले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो।

रवि लामिछाने सानोपाइला सहकारीमा कस्टुमर आईडी ००१–०१५४६१ मार्फत २०७८ साउन १८ गते सदस्य बनी सोही मितिमा उनको नाममा बचत खाता खोलेको भेटिएको छ।

जुन खातामा एक लाख रूपैयाँ सेयरबापत जम्मा गरी सोही मितिमा उनको नामको ऋणी खाता बनाई भोलिपल्ट १ करोड ५० लाख रूपैयाँ ऋण जारी गरिएको अभियोगपत्रमा उल्लेख छ। जसअनुसार, २०८२ साउन १८ गतेसम्मका लागि वार्षिक १२ प्रतिशतका दरले ब्याज भुक्तान गर्ने गरी उक्त ऋण लिएको अभिलेख फेला परेको छ।

उनको नाममा लगेको ऋण सोही दिन २०७८ साउन १९ गते गोर्खा मिडिया नेटवर्कमा जम्मा हुने गरी भुक्तानी भएको भेटिएको छ। गोर्खा मिडिया नेटवर्कको रवि लामिछानेसमेत सञ्चालक रहेकै ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको छ।

रविले सहकारीबाट लिएको साँवा रकम १ करोड ५० लाखको ब्याजसमेत जोड्दा २०७९ साउन ११ गते १ करोड ८६ लाख ९४ हजार ६०४ रुपैयाँ भएकोमा सहकारीलाई उनले एक पैसा नतिरेको र मिलेमतोमा उनको नामको ऋण गितेन्द्रबाबु (जीबी) राईको नाममा ट्रान्सफर गराएको आरोप छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर