फिफा क्लब वर्ल्डकप: चेल्सीको विजयी सुरुआत

काठमाडौँ । चेल्सीले क्लब वर्ल्डकप २०२५ मा मंगलबार विजयी सुरुआत गरेको छ ।
एटलान्टाको मर्सिडेज–बेन्ज स्टेडियममा भएको खेलमा चेल्सीले लस एन्जलस एफसीलाई २–० ले हरायो । यससँगै चेल्सीले समूह ‘डी’ को खेलमा तीन अंक बटुल्यो ।
त्यसमा पेड्रो नेटोले ३४ औं मिनेटमा पहिलो गोल गरेपछि इन्जो फर्नान्डेजले ७९ औं मिनेटमा दोस्रो गोल थपे । कुल ७१ हजार दर्शक क्षमताको रंगशालामा २२ हजारभन्दा केही बढी दर्शक मात्रै उपस्थित थिए ।
त्यस अगाडि समूह ‘सी’ को खेलमा बोका जुनियर्स र बेनफिकाले २–२ को रोमाञ्चक बराबरी खेले । यो नतिजापछि दुवै टिम एक-एक अंकमा रहे । समूह ‘सी’ मा बायर्न म्युनिक तीन अंकसहित शीर्ष स्थानमा छ ।
प्रतिकृया दिनुहोस