• २०८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025

आजकाे माैसम पूर्वानुमानः सबै प्रदेशमा हुनसक्छ भारी वर्षा  

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षाकाे सम्भावना देखाएकाे छ । महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनमा सम्भावित माैसमकाे पूर्वानुमान दिइएकाे छ ।

आज सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

आज राति भने कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना छ  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार हाल मनसुन कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै ठाउँसम्म फैलिएको छ। देशका बाँकी स्थानमा भने पश्चिमी वायु र स्थानीय वायुकै प्रभाव छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर