• २०८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025

इरानमाथि आक्रमणको तयारीमा अमेरिका, इरानकाे हमलाबाट इजरायलकाे अस्पताल ध्वस्त

एजेन्सी । इजरायल र इरानबीचकाे युद्धका कारण विश्वकाे ध्यान त्यसमाथि तानिएकाे छ । दुवै देश पछि हट्न मनसायमा छैनन् । एकले अर्कालाइ कडा चुनाैती दिने र हमला गर्नेक्रम तिब्र बनाएका छन् । 

यस्ताे अवस्थामा विश्वका अन्य शक्ति राष्ट्रहरू पनि कुनै एक पक्षमा खुल्न थालेका छन् । यसअघि देखि नै इजरायलसँग निकट रहेकाे विश्व शक्तिशाल देश अमेरिकाले इरान विरूद्ध हमला गर्ने संकेत गरेकाे छ । राष्ट्रपनति डाेनाल्ड ट्रम्पले भनेका छन्ः ‘म गर्न पनि सक्छु, नगर्न पनि सक्छु। म के गर्छु, कसैलाई थाहा छैन।’

इरानमाथि हमला गर्ने तयारीमा हो भनेर सोध्दा बुधबार डोनाल्ड ट्रम्पले यस्तो जवाफ दिएका थिए।

त्यसयता ट्रम्पले इरानमाथि हमलाको योजनालाई अनुमोदन गरिसकेको तर कतै इरान आणविक कार्यक्रम छाड्न तयार भइहाल्छ कि भनेर पर्खिरहेको रिपोर्टहरू सार्वजनिक भएका छन्। 

इरानले भने दबाबमा संवाद नगर्ने र कसैसँग आत्मसमर्पण नगर्ने स्पष्ट पारेको छ। जे होस्, अमेरिका इरानमाथि आक्रमणको सँघारमा पुगिसकेको देखिन्छ र यसका लागि उसले तयारी पनि तीव्र पारेको छ।

सोमबार दक्षिण चीन सागरमा रहेको यूएसएस निमित्ज नामक विमानवाहक युद्धपोतलाई अमेरिकाले मध्यपूर्वतिर पठाएको छ। सो क्यारिअर स्ट्राइक ग्रुपमा विमानवाहक जहाजका अलावा तीनवटा डेस्ट्रोयर पनि छन्। 

उता इरानले इजरायली अस्पतालमा मिसाइल आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार अस्पतालमा ठूलो क्षति हुनुका साथै कैयौं घाइते भएका छन् । 

इरानले आफ्ना मिसाइलद्वारा सिधै अस्पताललाई नै निशाना बनाएको इजरायलको आरोप छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक्समा पोष्ट गरेका छन्, ‘आज बिहानै इरानको आतंकवादी तानाशाले बेर्शेबाको सोरोका अस्पताल र नागरिक बसोबास गरेको क्षेत्रमा मिसाइल प्रहार गरेको छ ।’

उनले इरानका तानाशाहलाई यसको पूरै मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन् । इरायलको इमरजेन्सी सर्भिस म्यागन डेभिड एडोम (एमडीए) का अनुसार इरानको यो आक्रमणमा कम्तिमा ३२ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

एक इजरायली सैन्य अधिकारीका अनुसार इरानले हालै दर्जनौं मिसाइल प्रहार गरेको छ ।

२०१६ देखि २०१९ सम्म अमेरिकी सेनाको मध्यपूर्व हेर्ने सेन्ट्रल कमान्डका कमान्डर रहेका अवकाशप्राप्त चार तारे जनरल जोसेफ वोटेलले अमेरिकाले सम्भवतः चार वा पाँच बी२ बमवर्षक विमानलाई डिएगो गार्सिया पुर्‍याउने बताए।

जेरुसलेमस्थित अमेरिकी दूतावासले बुधबार अमेरिकी नागरिकहरूलाई इजरायलबाट निकाल्ने योजना सार्वजकि गरेको छ। चीनले यसअघि नै नागरिकहरू स्वदेश फिर्ता अभियान सुरू गरिसकेकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर