इरानकाे अर्काे न्यूक्लियर रियाक्टरमा इजरायली आक्रमण

एजेज्सी । इरान–इजरायलबीच आठौं दिन पनि युद्ध जारी छ । इजरायलले बिहीबार इरानको खोन्डब न्युक्लियर रिएक्टरमा आक्रमण गरेको छ । त्यभन्दा केही घण्टाअघि इजरायलले अराक न्युक्लियर रिएक्टरमा पनि आक्रमण गरेको थियो ।
यी दुवै स्थानमा हेभी वाटर रिएक्टर हुन् । जो प्लुटोनियम बनाउनका लागि प्रयोग गरिन्छ । यता इरानले इजरायलको च्यानल १४ लाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मुखपत्र बताउँदै उक्त च्यानलको कार्यालयमा आक्रमण गर्ने धम्की दिएको छ ।
सात दिनको लडाइँमा अहिलेसम्म इजरायलमा २४ जना मारिएका छन् ६ सय भन्दा बढी घाइते भएका छन् । यता इरानमा ६ सय ३९ जना मारिएका छन् भने १३ सय २९ जनाभन्दा बढी घाइते भएका छन् ।
यस्तै शुक्रबार बिहानैदेखि इरानले इजरायलमा हवाई आक्रमण सुरु गरेको छ । इजरायली सेनाका अनुसार डिफेन्स सिस्टमले इजरायलतर्फ आउने मिसाइल नष्ट गर्ने काम गरिरहेको छ । हाल इजरायली जनालाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ ।
प्रतिकृया दिनुहोस