इजराय–इरान युद्धबारे के भनिन् परराष्ट्रमन्त्री राणाले ?

काठमाडौँ । भारत र चीनसँगको सीमा समस्या गर्नका लागि उच्चस्तरीय पहल जारी रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् ।
संसद्मा परराष्ट्र मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राणाले स्थापित संयन्त्रहरूमार्फत पहल भइरहेको बताएकी हुन् ।
परराष्ट्र मन्त्रालयको विनियोजनमाथि उठेका प्रश्नको सोमबार प्रतिनिधिसभामा जवाफ दिने क्रममा मन्त्री राणाले उत्तर र दक्षिणतर्फको सीमा समस्या समाधान गर्न निरन्तर पहल भइरहेको बताइन् ।
उच्चस्तरीय संयन्त्रमार्फत सीमा समस्याको समाधान पहल भइरहेको उनको भनाइ थियो ।
'सीमा सम्बन्धी समस्याका सन्दर्भमा द्विपक्षीय उच्चस्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानका पहल जारी रहेको छ । साथै, यस विषयमा सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय हुँदै आएको छ,' उनले भनिन् ।
भारत र चीनतर्फको सीमा समस्या समाधान गर्नका लागि दुई वर्षदेखि नभएको वार्ता हालैमात्र थालिएको उनले बताइन् । ती वार्ताबाट समाधान निस्किने उनले अपेक्षा गरिन् ।
राणा देउवाले नेपाली युवा विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी गराएकी हुन् । राणाले सरकार उनको रिहाइका लागि प्रयासरत रहेको समेत सदनलाई जानकारी गराइन् ।
‘विपिन जोशीको रिहाइका लागि हामीले सक्दो प्रयास गरेका छौँ । सम्माननीय प्रधानमन्त्री स्वयंले इजिप्टका राष्ट्रपतिलाई फोनमार्फत अपिल गर्नुभएको छ । सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको छ', उनले भनिन्, 'म स्वयंले कतार संयुक्त अरब इमिरेट्सका परराष्ट्र राज्यमन्त्रीहरू, एजिप्ट टर्की र इरानका परराष्ट्रमन्त्रीहरू पत्र लेखी अनुरोध गरेँ ।
ओमानमा आयोजित इन्डियन ओसियन कन्फ्रेन्समा कतार र संयुक्त अरब इमिरेट्सका राज्यमन्त्री र इरानका समकक्षीसँग भेट गरेर अनुरोध गरेको गरेको पनि उनले बताइन् ।
उनले भनिन्, ‘अहिलेसम्म उहाँको स्थिति पत्ता लागेको छैन । हामीले भगवानसँग प्रार्थना गरौँ नेपालका छोरा विपिन जोशी सकुशल छन् । कुनै दिन नेपाल फर्किनेछन् भन्ने आशामा छौँ ।’
इरानमा रहेका १६ जनामध्ये ११ जना नेपाली नागरिक भोलिसम्म भारत आइपुग्ने देउवाले जानकारी दिएकी छन् । तेहरानबाट उनीहरू इरानको मदस शहरमा पुगेको मन्त्री देउवाले जानकारी दिइन् ।
मन्त्री देउवाले इरानमा रहेका नागरिकलाई भारतले उद्धार गरेर ल्याइदिन लागेको बताएकी हुन् ।
‘१६ जना नागरिक इरानमा हुनुहुँदोरहेछ, भारत सरकारले नेपालीलाई पनि उद्धार गरेर ल्याइदिन्छु भनेको छ । ११ जना मसदमा आइपुग्नु भएको छ, सायद भोलि भारतमा आउनु हुन्छ’ मन्त्री देउवाले भनिन्, ‘गैरकानूनी ढंगले गएका ५ जना जेलमा छन् । यही बेला रेस्क्यु गरेर ल्याउन सकिन्छ कि भनेर प्रयास गरेका छौं ।’
मन्त्री देउवाले इरान–इराजालयबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई अत्यन्तै गम्भीरताका साथ नियालिरहेको बताइन् ।
प्रतिकृया दिनुहोस