• २०८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025

देउवाकाे फाेनले अप्ठ्याराेमा परेका अेालीले मागे सहयाेग

काठमाडौं । सरकारले ल्याएकाे बजेटबारे सत्ता पक्षबाटै निक्कै ठूलाे असन्तुष्टि देखिएपछि प्रधानमन्त्री केपी अेालीले अर्काे सत्तारूढ घटक कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गरेका छन् । 

सभापति शेरबहादुर देउवासँग एक घण्टा छलफल गरेपछि उनले मन्त्रिपरिषद् बैठक सुरू गरेका छन्। भेट्नुअघि सभापति देउवाले प्रधानमन्त्री र अर्थमन्त्रीलाइ टेलिफाेनगरेर बजेटमा समावेश भएकाे टेक एण्ड पेकाे विषय सच्याउन सुझाव दिएका थिए ।

कांग्रेसले ‘टेक एण्ड पे’ को व्यवस्था हटाउनुपर्ने अडान राखेको छ । देउवाले प्रतिनिधिसभाको आफ्नै कार्यकक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडललाई टेलिफोन गरेर उक्त व्यवस्था हटाउन माग गरेका हुन्। बजेटका अन्य प्रावधानमा पनि कांग्रेसका सांसदहरूकाे चर्काे असन्तुष्टि संसद बैठकमै देखिएकाे छ ।

‘पार्टीका साथीहरू मानिरहनु भएको छैन। ‘टेक एण्ड पे’ नहटाउँदा अप्ठ्यारो पर्ने भो, यसलाई हटाएर मात्रै बजेट पारित गरौँ भन्नेनै सभापतिज्यूको भनाइ हो,’ देउवाको भनाइ उद्धृत गर्दै पार्टीका पदाधिकारी समेत रहेका एक सांसदले भने ।

उनका अनुसार प्रधानमन्त्री ओलीसँग देउवा आफैँ बैठकमा सहभागी भएर ‘टेक एन्ड पे’ को व्यवस्था हटाउन दबाव दिने भएका छन्। ऊर्जामन्त्री दीपक खडकाले संसद्‌मा बोल्दा पनि बजेटमा उक्त व्यवस्था संशोधन भएर आउने विश्वास आफूले राखेको बताएका थिए। कांग्रेसका सांसदहरूले निजी क्षेत्रलाई समाप्त पार्नका लागि यस्तो व्यवस्था बजेटमा राखिएको भन्दै विरोध गर्दै आएका छन्।

सरकारले बजेटमा राखेको यस्तो व्यवस्थाको व्यवसायीहरूले भने विरोध गर्दै आएका छन्। ‘टेक एन्ड पे’लाई ‘टेक अर पे’ बनाउनुपर्ने माग गरिररहेका छन्।

यसैबिच मन्त्रिपरिषद् बैठकबाट भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न तथा बजेटमा संशाेधनबारे निर्णय हुने बताइएकाे छ ।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ। सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसिरहेको हो। 

बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल र निर्णय हुन सक्ने बताइएको छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर