जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडाैं । कतिपय सरकारले ल्याएका विधेयककै विपक्षमा उभिइसकेकाे उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारबारे थप निर्मम निर्णय गर्ने तयारी गरेकाे छ ।
जसपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यहरूमा पूर्णतः असफल रहेको पार्टी बैठकको निष्कर्ष रहेको सुमनले जानकारी दिए। पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थन बारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ।’
जसपा नेपालले ओली सरकारलाई बाहिरबाट समर्थन गरेको छ । सरकरमा सहभागी भने छैन । जसपाको प्रतिनिधिसभामा ५ र राष्ट्रियसभामा ३ सांसद छन् ।
जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमनका अनुसार ओली नेतृत्वको सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेको बैठकको निष्कर्ष छ ।
पार्टी केन्द्रीय समितिको असार ७ र ८ गते बसेको बैठकले पाँच केन्द्रीय सदस्य मनोनीत गरेको प्रवक्ता सुमनले जानकारी दिए।
विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेकाहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो।
शनिबार र आइबार बसेको बैठकले शशिकपुर मियां (पर्सा), श्री करिमा वेगम (पर्सा), सुधीरनाथ पाण्डे (पर्सा), कैलाश गुरूङ (रूपन्देही) र निलम यादव (रूपन्देही) लाई पार्टी केन्द्रीय समितिमा मनोनीत गरिएको छ।
प्रतिकृया दिनुहोस