भिजिट भिसा काण्ड छानबिन समितिः माओवादीले गर्यो स्वागत

काठमाडौँ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले स्वागत गरेको छ।
विगतमा संगै विराेधमा उत्रिएका दलहरू राप्रपा र रास्वपाले अस्वीकृत गरिरहेका बेला प्रमुख प्रतिपक्षाले २ बुंदे सहमति अनुसार कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
माओवादी केन्द्रका सांसद वर्षमान पुनले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरुसँग भएको सहमति अनुसार समिति बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिए।
प्रतिकृया दिनुहोस