युवा परिषदद्वारा एकैसाथ १७ ठाउँमा सिपमुलक तालिम

काठमाडौं । नेपाल सरकार अन्न्तर्गत राष्ट्रिय युवा परिषदले युवाहरुको रोजगारमुलक सिप विकासका लागि विभिन्न ६ वटा क्षेत्रमा ३४० जना युवाका लागि सिपमुलक तालिम एकैसाथ सञ्चालन गरेको छ। परिषदले सातै प्रदेशका विभिन्न पालिकामा १६० देखि २२५ घण्टे सम्मका तालिम सञ्चालन गरिरहेको छ।
परिषदद्वारा पहिलो पटक सञ्चालन गरिएको सिप विकास तालिममा यस वर्ष १८० घण्टे जुनियर ब्युटिसियन , १६७ घण्टे टेलर-गार्मेन्ट मेसिन अपरेटर , १६० घण्टे इलेक्ट्रिसियन , १६० घण्टे कुक, २२५ घण्टे मोवाइल रिपेयरिङ् र १६० घण्टे वेकरी तामिम सञ्चालन गरिएको परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।
जस अन्तर्गत कैलालीको धनगढी, रोल्पाको लिवाङ्,
काठमाडौंको गोगवु र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा १८० घण्टे जुनियर ब्युटिसियन तालिम सञ्चालन गरिएको छ। यसैगरी काठमाडौंको टोखा, वर्दियाको वारवर्दिया नगरपालिका , सप्तरीको कल्याणपुर र ललितपुरको महालक्ष्मी नगरपालिकामा १६७ घण्टे टेलर -गार्मेन्ट मेसिन अपरेटर तालिम सञ्चालन गरिएको छ।
यसैगरी कास्कीको पोखरा, काठमाडौंको गंगवु र चावहिल तथा रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १६० घण्टे इलेक्ट्रिसियन तालिम सञचालन गरिएको छ। त्यस्तै ललितपुर जिल्लाको ललितपुर महानगरपालिका र मोरङ् जिल्लाको विराटनगरमा १६० घण्टे कुक तालिम सञ्चालन गरिएको छ।
यस्तै काठमाडौंको कोटेश्वरमा २२५ घण्टे मोवाइल रिपेयरिङ् तालिम तथा काठमाडौंकै तिनकुने र सुर्खेतको बीरेन्द्रनगरमा १६० घण्टे वेकरी तालिम सञ्चालन गरिएको परिषदका तालिम शाखा प्रमुख कर्ण कवरले जनाए।
सरकारले घोषणा गरेको आन्तरिक रोजगारी प्रवर्द्धन दशकलाई टेवा पुर्याउने उदेश्यले सिपमुलक तालिम सञ्चालन गरिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए। बस्नेतले भने-' युवा पलायन रोक्न र मुलुक भित्रै स्वरोजगार र आत्मनिर्भर वनाउन यस खालको तालिम थालिएको हो।'
प्रतिकृया दिनुहोस