प्रतिनिधिसभाको बैठक शनिबार पनि बस्दै

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक शनिबार पनि बस्दैछ। बैठक बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।
बैठकमा बजेटसँग सम्बन्धित विधेयकलाई पारित गर्ने सम्भावित कार्यसूची छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित हुनेछ।
यस्तै, ‘ नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने कार्यसूची पनि छ।
प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणको बारेमा जानकारी दिनेछन् । ‘आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्रीज्यूबाट आफ्नो विदेश भ्रमण लगायत समसामयिक विषयमा सम्बोधन गर्नुहुने कार्यसूची रहेको जानकारी गराउन चाहन्छु’, एमाले मुख्य सचेतक महेश बर्तौलाले भने ।
उनी संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ नै स्पेन भ्रमणमा जाँदैछन्।
प्रतिकृया दिनुहोस